कारागारमा संक्रमणको जोखिम बढेपछि आयोगको अनुगमन

पर्वत- बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कारागारमा रहेका कैदी बन्दीहरु उच्च जोखिममा परेको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

देशभरका २७ कारागारको अनुगमनका निस्किएको आयोगको टोलीले आइतबार पर्वत कारागार अनुगमन गरेको हो ।

कारागारको अनुगमनका क्रममा पर्वत आइपुगेका टोलीका संयोजक तथा आयोगका सदस्य सुदिप पाठकले पक्राउ गरेर कारागार ल्याउने क्रममा तथा बयानका क्रममा स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नहुँदा कैदीबन्दीमा संक्रमण बढेको देखिएको जानकारी दिनुभयो ।

पछिल्लो समयमा कारागारमा रहेका कैदीबन्दीहरु संक्रमित हुने क्रम बढेको हुनाले कैदीबन्दीलाई संक्रमणबाट कसरी जोगाउन सकिन्छ भनेर आयोगले मुलुकभरका २३ कारागारको अनुगमन गरिसकेको छ ।

अब थप ४ वटा कारागारको अनुगमनपछि प्रतिबेदन पेश गर्ने र त्यसमा सुधारका प्रयास गरिने सदस्य पाठकले बताउनुभयो ।

कारागारमा नयाँ आउने कैदीबन्दीलाई पीसीआर परिक्षणपछि मात्रै पठाउने र अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा राख्न तथा बयानका लागि अदालत र सरकारी वकिल कार्यालयमा लैजाँदा पनि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गराउन आयोगले सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।

२५ जना कैदीबन्दीको क्षमता रहेको पर्वत कारागारमा अहिले ९२ कैदीबन्दी रहेका छन् ।

कैदीबन्दीहरुले कारागारभित्र आँफुहरु सुरक्षा अपनाएर बस्दै आएपनि अनियन्त्रित बसोबास र आउजाउले संक्रमणको त्रास फैलिएको गुनासो गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.