प्रतिपक्षी दलहरुका अबरोधका कारण प्रदेश सभा बैठक स्थगित

बुटवल: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र जनता समाजबादी दलको अबरोधका कारण प्रदेश नम्बर पाँचको प्रदेश सभा बैठक स्थगित भएको छ ।
बैठक शुरु हुनासाथ प्रतिपक्ष दलका नेता विरेन्द्र कनौडियाले समय माग गरेर प्रदेश राजधानी सार्ने निर्णयको विरोध गर्नुभएको थियो । उहाँले बोल्नासाथ प्रतिपक्ष दलका सांसदहरुले रोष्ट्रम घेराउ र नाराबाजी गरेका थिए ।
त्यसपछि सभामुखले २ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
यसअघि प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नाम सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो।
आज बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न निर्देशन गरिएको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिनु भयो ।
‘बुटवललाई आर्थिक र पर्यटकीय राजधानी बनाउने उद्देश्य सहितको राप्ती उपत्यकालाई प्रशासनिक राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्रीले ह्विप जारी गर्नुभयो,’ प्रमुख सचेतक ढकालले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्