कोरोना संक्रमण रोक्न सरकार उदासिन-नेपाली काँग्रेस

काठमाडौं- कोरोना संक्रमणको रोकथाममा सरकारी उदासिनताले पराकाष्ठा नाघेको नेपाली काँग्रेसको ठम्याइ छ ।

संक्रमितहरुको सम्पर्कमा आएकाको ट्रेसिङ गरी परिक्षण र आइसोलेशनको व्यवस्था गर्नु त परै जावस् जो परिक्षणबाट संक्रमित देखिएका छन्, उनीहरुको समेत समुचित आइसोलेशनको व्यवस्था सरकारले गर्न नसकेको आरोप  काग्रेसले लगाएको छ।

नेपाली काँग्रेस कोभिड-१९ अनुगमन समितिले आज एक विज्ञप्ती प्रकाशित गर्दै,  विशेषत: काठमाडौं उपत्यकामा आइसोलेशनमा बस्नको लागि समुचित व्यवस्था नभएका र डेरामा बस्दै आएकाहरुको विचल्ली भएको र संक्रमितहरुबाट थप संक्रमण फैलने परिस्थिति बनेकोले त्यसतर्फ सरकारको ध्यान आकृष्ट गराएको हो ।

समितिका संयोजक तथा सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा संक्रमितहरुलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.