प्रदेश सरकारले ल्याएको स्थायी राजधानी सम्बन्धी प्रस्तावको बिपक्षमा मतदान गर्न काँग्रेसको ह्विप

सहमति खोज्ने प्रयासका कारण प्रदेश सभा बैठक बस्न ढिलाइ

बुटवल- प्रदेश नम्बर पाँचको प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रदेश सरकारले ल्याएको स्थायी राजधानीको प्रस्तावमा बिपक्षमा मतदान गर्न आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश संसदीय दलका नेता बिरेन्द्रकुमार कनौडियाले ह्विप जारी गर्दै आफ्ना पार्टीका प्रदेश सभा सदस्यहरुलाई सरकारको प्रस्ताव बिरुद्ध उभिन आग्रह गर्दै बिपक्षमा मतदान गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश सभामा कुल ८७ सदस्य मध्ये सत्तारुढ नेकपाको दुई तिहाई बहुमत छ । सभामा नेकपाको ६१, नेपाली काँग्रेसको १९, जसपाको ६ र राष्ट्रिय जनमोर्चाका १ जना सदस्य छन ।

आज १२ बजे प्रदेश सभा बैठक बोलाइएको भएपनि दलहरु आपसी सहमतिको प्रयासमा रहेका कारण बैठक बस्न ढिलाइ भएको हाम्रा संवाददाताहरुले जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.