प्रतिबन्धित लागू औषध चरेससहित पक्राउ

धादिङ- गजुरी गाउँपालिकास्थित आदमघाट बजारबाट प्रतिबन्धित लागू औषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गस्थित आदमघाट क्षेत्रमा लागु औषधको अवैध कारोवार हुन्छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरीले टोलीले चरेससहित एकजना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा खनियाँवास गाउँपालिकाको झालाङ्गस्थित तर्चिका-३७ वर्षीय रेशम बहादुर तामाङ्ग रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख विश्व खड्काले जानकारी दिनुभएको छ ।
निजको साथबाट बिक्रिका लागि लैजाँदै गर्दा २० किलो चरेससहित आठ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका तामाङ्गलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।-






प्रतिक्रिया राख्नुहोस्