गाउँघरका आरन व्यवसाय संकटमा

पाल्पा-आगोको रापसँगै फलाम पिटेर बिभिन्न औजारहरु निर्माण गर्ने आरन व्यवसायीको पेशा हिजोआज संकटमा पर्न थालेको छ ।

पाका पुस्ताले अंगालेको आरन पेशालाई आधुनिकीकरण गर्न नसक्दा युवा पुस्ताले चासो दिएका छैनन । त्यसैले पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेशा नै लोप हुने त होइन भन्ने डर छ ।

त्यसो त आगोको लप्काले फलाम पिटेर आरनवाट बिभिन्न औजारहरु बनाउने पेशा गाउँ घरमा कायमै छ।

मेसिनबाट निर्मित आयातित औजारहरुले प्रभाव जमाउनु अघि गाउँ घरमा आवश्यक पर्ने घरायाशी औजारहरु यिनै आरनवाट बन्ने गर्दथे। विगतमा यो पेशा स्वाबलम्वी  ग्रामिण समाजको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको यो थियो ।

अब आरन र आरनमा काम गर्ने मानिस, दुवै घट्दै गएका छन्। आरनवाट औजार बनाउने प्रविधिमा समयानुकुल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ । यसवाट गुजारा चलाउन गाह्रो भएकै कारण यो पेशा संकटमा परेको आरन व्यावसायीहरु बताउँछन्।

ज्याला कम आउने तर धेरै मेहनत पर्ने भएकोले युवा पुस्ताले परम्परागत आरन पेशा अपनाउन नचाहने गरेको उनीहरूको भनाइ छ ।  आरन नहुँदा  परम्परागत घरायसी तथा कृषि औजारहरु मर्मत गर्न समेत समस्या हुने गरेको छ ।

अहिले पनि  ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने कुटो, कोदालो, हँसिया, खुकुरी जस्ता कृषि औजारहरु आरनबाटै बन्ने गर्छन। यी औजारहरुको माग अहिले पनि बजारमा धेरै नै छ।

आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी यो पेशालाई प्रोत्साहित गर्न सके स्थानीय स्तरमा रोजगार सृजना गर्न यो व्यवसाय पनि एउटा राम्रो माध्यम हुनसक्ने स्थानीयको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.