आश्रा एण्ड द प्याराबल्सको नयाँ गीत “आभास” सार्वजनिक

नेपाली रक गायन क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन प्रयासरत भ्वाइस अफ नेपाल युवा प्रतिभाशाली उदयमान गायिका आश्रा कुँवरले पहिलो नयाँ गीत सार्वजनिक गरेकी छिन्। “आभास” बोलको नयाँ गीत “आश्रा एन्ड द प्याराबल्स” ब्यान्डको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

रेड सर्कलको प्रोडक्शन र निर्देशनमा तयार भएको “आभास” गीतको स्वयं गायिकाको भिडियो अवधारणा हो भने गीतमा शब्द र संगीत “आश्रा एन्ड द प्याराबल्स” कै रहेको छ।

प्रायः मनोरञ्जन मायाप्रेमको गीतमा बेग्लै मिठास छोडेको हुन्छ भने बिछोडका गीतले वेदना बोकेका हुन्छन् तर यो गीतले आत्मविश्वास र सकारात्मक भाव बोकेको छ। आफ्नो नजिकको व्यक्तिलाई गुमाउँदाको पीडा र पीडाबाट सम्हालिनु र नवीन दिनहरू सुरुवातका लागि उत्प्रेरित गराउनु यो गीतको सन्देश रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.