दिल्ली क्यापिटल शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८४ रन बनाउन सफल भएको थियो । १ सय ८५ रनको विजय लक्ष्य लिएर ब्याटिङमा उत्रिएको क्याप्टेन स्टिभको राजस्थान भने १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३८ रनमा समेटिएपछि यो जीत दिल्लीको हातमा गएको हो । आफ्नो चार ओभरमा २२ रन दिएर २ वटा महत्वपुर्ण विकेट लिएवापत दिल्लीका रविचन्द्र अश्विन म्यान अफ द म्याच बनेका थिए ।

नेपाली क्रिकेटर सन्दिप लामिछाने भने हिजोको खेलमा पनि मैदानमा उत्रिन पाएनन । आज साँझ हुने दुई खेलहरुमा पहिलो खेल किङस इलेभन पञ्जाब र कोलकाता नाइड राइडर्सबीच र दोस्रो खेल चेन्नइ सुपर किङस र रोयल च्यालेन्जर्स ब्याङलोरबीच हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.