विश्वभर कोरोना संक्रमण फेरि बढ्यो, एकैदिन ३ लाख ५० हजारभन्दा बढी संक्रमित

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या पुनः बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ३ लाख ५० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

केही हप्ता अघिसम्म यो संख्या २ लाखको हाराहारीमा थियो । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख नाघेको छ भने संक्रमणकै कारण १० लाख ७७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

विश्वमा दैनिक संक्रमण सबैभन्दा बढी भएको मुलुक भारत हो । भारतमा पछिल्लो २४ घन्टामा मात्रै ७४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतपछि विश्वमै सबैभन्दा बढी दैनिक संक्रमण भएको मुलुक अमेरिका हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा मात्रै ४९ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७९ लाख ७३ हजार नाघेको छ भने २ लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो ।

तेस्रो प्रभावित मुलुक ब्राजिल हो । ब्राजिलमा पछिल्लो समय दैनिक संक्रमण झण्डै दोब्बरले बढेको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा ३४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रणमा आइसकेका युरोपेली देशहरु बेलायत, स्पेन र फ्रान्समा पनि संक्रमण फेरि बढ्न थालेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.