पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त गरेको चीनको दावी

चीनले आफ्नो १३औं पञ्चवर्षीय योजनाको अवधिमा पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त गरेको जनाएको छ ।

गरिबीमा बाँचिरहेका ती जनतालाई पूर्ण रुपमा गरिबीबाट मुक्त गराएको राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख छ । सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।

चालु वर्ष समग्र क्षेत्रमा गरीबी पूर्णतया उन्मुलन गर्ने चीन सरकार र खासगरी राष्ट्रपति सी चिनफिङको योजनामा चीनले सफलता पाएको अधिकारीहरूको भनाई छ ।

१३ औं पञ्चवर्षीय योजनाको अवधिमा चीनमा गरीबहरूको आम्दानीमा व्यापक वृद्धि भएको ब्युरोको दावी छ । तथ्याङ्क अनुसार गरिब जनसङ्ख्याको प्रतिव्यक्ति आय सन् २०१६ मा चार हजार १ सय ४२ युआन रहेकोमा सन् २०१९ मा बढेर नौ हजार ५७ युआन पुगेको छ ।

आयको औसत वार्षिक वृद्धि ३० प्रतिशत पुगेको छ । चालु वर्ष गरीबी निवारणको व्यापक लक्ष्य पूरा भएपछि चीनले सन् २०३० का लागि दिगो विकास कार्यक्रम अन्तर्गतको संयुक्त राष्ट्र संघको एजेन्डाको गरीबी निवारण लक्ष्य १० बर्ष अघि नै पूरा गर्दैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.