उर्लाबारी नगरपालिकाको सेवा बन्द

विराटनगर– मोरङको उर्लाबारी नगरपालिकाका मेयर सहित जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण पाइएपछि सोमवार देखि सो कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको छ ।

नगर प्रमुख खड्ग फागोका सवारी चालकमा सबैभन्दा पहिले कोरोना संक्रमण पाइएको थियो । त्यसपछि नगर प्रमुख फागो र स्वास्थ्य शाखा सह संयोजकलाई पनि कोरोना संक्रमण पाइएपछि कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना परीक्षण गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको निमित्त प्रशासकीय अधिकृत मुरारी घिमिरेले जानकारी दिनुभयो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा ९८ जना कर्मचारी र जनप्रतिनिधिहरुको स्वाब संकलन गरिएको र पीसीआर रिपोर्ट नआएसम्म अत्यावश्यक सेवा स्वास्थ्य, दमकल र एम्बुलेन्स सेवा बाहेकका सेवा बन्द गरिएको निमित्त प्रशासकीय अधिकृत घिमिरेले बताउनु भयो ।

कोरोना संक्रमण कै कारण ९ वटा वडाबाट दिइने सेवाहरु पनि बन्द गरिएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.