मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका ७ जना दलको बैठकमा अनुपस्थित

संसदीय दलको बैठकमा गणपुरक संख्या पुगेन

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जना मध्ये ७ जना अनुपस्थित भएपछि आज १ बजे बस्ने भनिएको नेकपाको संसदीय दलको बैठकमा कोरम पुगेन ।

अविश्वासको प्रस्तावमा सही गरेपनि ७ जनाले मुख्यमन्त्री शाहीसँग वार्ता गरी शाहीलाई नै समर्थन गर्ने जनाएपछि संसदीय दलमा कोरम नपुगेको हो ।

नेकपाको पूर्ण बहुमत रहेको कर्णाली प्रदेशको सरकार पुनर्गठन मात्रै हुने र हाललाई मुख्यमन्त्री नहट्ने संकेत प्राप्त भएको सुर्खेत स्थित हाम्रा समाचारदाताले जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.