आईपीएलमा सनराइजर्स हैदरावाद, चेन्नई सुपरकिङ्ग्ससँग पराजित

इन्डियन प्रिमियर लिग- आईपीएलअन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपरकिङ्ग्स विजयी भएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गर्दै साविकको उपविजेता चेन्नईले प्रतियोगितामा आफ्नो पाँचौ तेस्रो जित दर्ता गरेको हो। टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

१ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको हैदराबादले भने २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । हिजोको जितसँगै चेन्नई अङ्क तालिकाको छैठौँ स्थानमा समेत उक्लेको छ ।

आईपीएलको जारी संस्करणमा राम्रो प्रदर्शन गर्न नसकेको चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमध्ये मात्र तीन खेल जित्दै ६ अंक जोड्न सफल भएको छ। सनराइजर्स भने पाँचौँ स्थानमा रहेको छ ।

यसैबीच आज साँझ सात बजेर ४५ मिनेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध क्लब दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल हुँदैछ। अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीले प्रतियोगितामा हालसम्म सात खेल्दा सन्दीपले भने अहिलेसम्म खेल्ने मौका पाएका छैनन्।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.