कोरोनाले बैंकहरु बन्द

काठमाडौं– कोभिड संक्रमणको जोखिम उच्च भएसँगै उपत्यकामा प्राय बैंकका कुनै न कुनै शाखा र काउण्टर प्रत्यक दिन बन्द हुने गरेका छन् । सेवाग्राहीको संख्या अत्यधिक हुने बैंक तथा वित्तीय संस्थाका जनशक्ति पनि संक्रमणबाट प्रभावित हुने गरेसँगै बैंकका शाखा तथा काउण्टरहरु बन्द हुने गरेका हुन् ।

कर्मचारीमा कोभिड १९ भाइरस संक्रमणको लक्षण देखिएपछि सिंहदरवार भित्र रहेको एभरेष्ट बैंकको काउण्टर बन्द गरिएको छ । सँगै रहेको कर्मचारी संचय कोषको काउण्टर पनि बन्द छ । सिंहदरवारभित्रका मन्त्रालयहरुका साथै सेना प्रहरी र नेपाल टेलिभिजन तथा रेडियो नेपालका कर्मचारीहरु सेवाग्राही रहेको एभरेष्टको काउण्टर कर्मचारीमा संक्रमणको लक्षण देखिएर बन्द भएसँगै सेवाग्राही असमञ्जसमा परे ।

काठमाडौं उपत्यकामा कोभिड संक्रमणको जोखिम उच्च भएसंगै काठमाण्डौ ललितपुर र भक्तपुरमा रहेका प्राय बैंकका कुनै न कुनै शाखा र काउण्टर प्रत्यक दिन बन्द हुने गरेका छन् । आज पनि सनराइजको पुरानो बानेश्वर, खुसीबु र भैंसेपाटी शाखाका साथै ग्लोवलको लगनखेल, बनस्थली कुपण्डोल लगायतका ६ स्थानका शाखा र काउण्टर बन्द रहे । त्यसैगरी सिभिलको बानेश्वर शाखाका साथै अन्य बैंकहरुको पनि पत्यकामा रहेका विभिन्न शाखा र काउण्टर बन्द छन् । तर जोखिम बढेसंगै विद्युतीय माध्यामबाट सेवा लिने सेवाग्रहीको संख्या पनि बढेको छ ।
देशकै अग्रणी बैंक मध्येको राष्ट्रिय बाणिज्य बैंकको पनि थापाथली र बालाजु शाखा बन्द छन् । देशभरीमा बैंकको १० वटा शाखा बन्द रेहका छन् ।

कोभिड १९ भाइरस संक्रमणबाट बैंक तथा वित्तिय क्षेत्रका जनशक्ति पनि प्रभावित छन् । अहिलेसम्म राष्ट्रिय बाणिज्य बैंकका मात्रै १ सय १८ जना संक्रमित भएका छन् । सर्वसाधारण सेवाग्राहीको उपस्थिति बाक्लो हुने बैंक तथा वित्तिय संस्थामा र सेवा प्रवाहका क्रममा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले समेत बैकल्पिक सेवाको प्रयोगमा जोड दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.