किङ्स इलेभेन पञ्जाबको दोस्रो जीत

किङ्स इलेभेन पञ्जाबले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दोस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा पञ्जाबले रोयल्स च्यालेन्जर्स ब्याङलोरलाई ८ विकेटले पराजित गरेको हो ।

टस जितेर बिराट कोहलीको कप्तानीमा पहिले ब्याटिङमा उत्रिएको ब्याङलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रनको लक्ष्य खडा गरेको थियो । १ सय ७२ रनको जीतको लक्ष्य बोकेर यो सिजन कै पहिलो खेल खेल्न मैदानमा उत्रिएका क्रिस ग्रेल सहितको पञ्जाबले २० ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो जीत पञ्जाबको हातमा गएको हो ।

कप्तान के एल राहुल र क्रिस ग्रेलको अर्धसतक सहितको ब्याटिङ शानदार रह्यो । ब्याङलोर विरुद्धको दुवै खेल पञ्जाबले जितेको हो । यस अघि पनि अंकतालिकामा तेस्रो स्थानमा रहेको ब्याङलोरलाई पुछारमा रहेको पञ्जाबले ९७ रनले पराजित गरेको थियो ।

४९ बलमा अविजित ६१ रन बनाए बापत क्याप्टेन के एल राहुल म्यान अफ द म्याच घोषित भए । आज साँझ हुने खेल भने मुम्बइ इन्डियन्स र कोलकाता नाइट राइडर्स बिच शेख जायद रंगशालामा हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.