विद्यालय बन्द भएकाबेलाको पनि बिल, अभिभावक आन्दोलनमा

काठमाडौं– एकातर्फ कोरोनाको महामारी त्यसमाथि निजी विद्यालयले विभिन्न शीर्षकको शुल्क भन्दै बिल पठाउन थालेपछि अभिभावकहरु तनावमा परेका छन् । काठमाडौंको बुद्धनगरस्थित केएमसी विद्यालयका अभिभावकले शुल्क घटाउन माग गर्दै शुक्रबार विद्यालय बाहिर प्रदर्शन समेत गरे । सरकारले शुल्क मापदण्ड नतोक्दा आन्दोलित हुनुपरेको भनाई अभिभावकको छ

केएमसीकोजस्तो पीडा अहिले निजी विद्यालयमा आफ्ना बालबालिका अध्यापन गराउने मुलुकभरका अभिभावकले भोग्दै आएका छन् । गुणस्तरीय शिक्षाका नाममा खुलेका निजी विद्यालयहरुले प्रत्येक वर्ष भर्ना र वार्षिक शुल्क लगायतका नाममा विविध शुल्क लिंदै आएका छन् ।

अहिले कोरोनाको महामारीका समयमा पनि ती शुल्क लिने र नपाए विद्यार्थीलार्य मानसिक तनाव दिंदै आएको गुनासो अभिभावकको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयको शुल्क निर्धारण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । स्थानीय तहले स्पष्ट नीति निर्माण गरी लागू नगरेकोले अभिभावकहरु थप अन्यौल र तनावमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.