पछिल्लो २४ घण्टामा देशभर ४३९२ जना संक्रमित, उपत्यकामा २४०२

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १६५३१ जनाको पीसीआर परीक्षण गर्दा ४३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै २४०२ जना संक्रमित भएका छन् । काठमाडौंमा १७८४, भक्तपुरमा २४४ ललितपुरमा २७४ जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा शुक्रबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३५२२ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.८ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८८०४० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.