नेपाल टेलिभिजन न्यूज च्यानलको प्रसारण आरम्भ भएको ६ वर्ष पूरा

काठमाडौं– नेपाल टेलिभिजन न्यूज च्यानलको प्रसारण आरम्भ भएको छ वर्ष पूरा भएको छ ।

२०७१ साल कार्तिक १ गतेबाट प्रसारणमा आएको न्यूज च्यानलले स्थापनाको उद्देश्य अनुरुप जनसरोकारका विविध क्षेत्रसँग सम्बन्धित रहेर समाचार र समाचारमूलक सामग्रीहरुको प्रसारण गरिरहेको छ । आफ्ना समाचार र कार्यक्रमहरु मार्फत एन टिभी न्यूज च्यानलले आम नागरिकको अपेक्षा र त्यसको परिपूर्तिमा राज्यको नीति कार्यान्वयनमा सहयोगी र नागरिकको आवाजको सम्वाहक बनिरहेको छ । उच्च नैतिक जिम्मेवारी र व्यावसायिक कुशलताबाट समाचार च्यानलले च्यानल स्थापनाको उद्देश्य पुष्टि गरिरहेको छ ।

आवाजविहीनहरुको आवाज बन्दै, उत्पिडित र पछाडि परेका वर्ग समुदाय र भूगोलको समग्र प्रतिनिधित्व गर्दै एनटिभी न्युज च्यानलले राज्य र नागरिकहरुलाई खबरका माध्यमबाट जोड्ने काम गरिरहेको छ । प्राकृतिक विपत्तिको समयमा होस् वा कोभिड १९ को महामारीले निम्त्याएको अहिलेको जस्तो असहज र असामान्य परिस्थितिमा पनि एनटिभी न्युज च्यानलले राष्ट्रिय सञ्चार माध्यमको दायित्व बोध गर्दै निरन्तर खबर दिइरेको छ । अहिलेको प्रतिस्पर्धात्मक समयमा तत्काल सूचना र समाचार दिन अनलाइन, मोबाइल एप जस्ता प्रविधिको प्रयोग पनि हुँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.