भारतमा सेप्टेम्बरमा सवारी साधन विक्रीमा २६ प्रतिशतले वृद्धि

भारतमा यात्रुबाहक सवारी साधनको विक्रीमा सेप्टेम्वरमा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २६.४५ प्रतिशतले वृद्धि देखिएको भारतीय सवारी उत्पादक समाज (एसआइएम) ले शुक्रबार जानकारी गराएको छ ।

उक्त औद्योगिक समाजका अनुसार सेप्टेम्बरमा भारतले दुई लाख ७२ हजार २७ थान कार विक्री गरेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा दुई लाख १५ हजार १२४ थान विक्री भएको थियो ।

एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख छ । त्यसैगरी भ्यान विक्री दरमा १०.६४ प्रतिशतले वृद्धि भएको छ ।

यसैबीच भारतमा सेप्टेम्बरमा तीन पाङ्ग्रे सवारी साधनको विक्रीमा अघिल्लो वर्षको तुलनामा ७१.९१ प्रतिशतले कमी आएको र दुई पाङ्ग्रे साधनको विक्री ११.६४ प्रतिशतले बढेको छ ।

एसआइएमले यो वर्षको गत वर्षको सेप्टेम्बरको तुलनामा सवारी साधन र तीन पाङ्ग्रे साधनको निर्यातमा क्रमशः ३५.८९ प्रतिशत र ५.३५ प्रतिशतले कमी आएको जनाएको छ । दुई पाङ्ग्रे सवारी साधनको समग्र निर्यातमा ९.१७ प्रतिशतले कमी देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.