भाषणमा होइन काममा विश्वासः सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देश र जनताप्रति इमान्दारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शनिबार काठमाडौंमा यज्ञराज ढुंगेलद्वारा लिखित हेड सर र आकाशै पल्टिए पनि कृति लोकार्पण गर्दै मन्त्री गुरुङले आफुलाई प्रधानमन्त्रीले विश्वास गरेर महिला बालबालिका मन्त्रालयबाट सञ्चारमन्त्रालयको जिम्मेवारी दिएको भन्दै इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाले जनताले गरेको विश्वासलाई कुठाराघात हुन नदिने स्पष्ट पार्नुभयो । अव भाषणमा नभइ काममा विश्वास गर्ने बेला आएको उहाँको भनाइ छ ।

यज्ञराज ढुंगेलद्वारा लिखित हेड सर कृति शिक्षा र सहकारीको प्रतिनिधि पात्रको अनुभव र आकाशै पल्टिए पनि कविता संग्रह रहेको आयोजक लेखन कुञ्जले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.