यूरोप फेरि कोरोनाको खतरामा, प्रतिबन्ध र कर्फ्यु आदेश जारी

बेल्जियम– यूरोपका धेरै सहरहरुमा कोरोना भाइरसको संक्रमण फेरि फैलने खतरा बढेपछि कडा प्रतिबन्ध देखि रात्रिकालीन कर्फ्यूको आदेश जारी गरिएका छन् ।

बेलायतमा दशौं लाख जनसंख्यालाई घर भित्र पनि जमघट गर्न नपाउने गरी प्रतिवन्ध लगाइएको छ । त्यहाँको लण्डन, योर्क र एसेक्स शहरहरुमा संक्रमण बढ्ने खतरा देखिएपछि सतर्कता पनि बढाइएको छ । यसैगरी लिभरपुल म्याचेष्टर लगायत शहरहरुमा पनि संक्रमणको दोस्रो लहर भित्रन नदिन सतर्कताका प्रयास भइरहेको छ ।

यसैगरी फ्रान्समा राजधानी पेरिस सहित केहि ठूला शहरहरुमा रात्रिकालिन कर्फ्यू लगाइएको छ । अष्ट्रियाका विदेशमन्त्रीलाई पनि संक्रमण पुष्टि भएको छ ।

अमेरिका स्थित जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर तीन करोड ९० लाख बढी मानिसहरुमा कोभिड(१९ को संक्रमण पुष्टि भएको छ भने हालसम्म ११ लाख बढी मानिसहरुको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.