उदयपुरको भदौरे भिरमा दुर्घटनामा, पाँच जनाको मृत्यु, तीन जना गम्भीर घाइते

काठमाडौं- उदयपुरको भदौरे भिरमा शनिबार राति भएको स्कारपिओ दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०प.७१७१ नम्बरको स्कारपियो राति १२ बजे सिद्दिचरण लोकमार्गस्थित कटारी नगरपालिका–१४ भदौरे भिरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु भएका मध्ये तीन जनाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो।

अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ। दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन्।

उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ। गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ। उनीहरु सबै जना भारतबाट दशैं मान्नकालागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको बुझिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.