नेपालका पहिलो सिनेमेटोग्राफर मास्केको निधन

काठामाडौं- नेपालका पहिलो सिनेमेटोग्राफर वैकुण्ठमान मास्केको निधन भएको छ।

८० वर्षको उमेरमा हिजो दिउँसो उहाँको निधन भएको हो। उहाँ हालै कोरोना संक्रमित हुनु भएको थियो । मृगौला रोगबाट संक्रमित हुनु हुन्थ्यो ।

सन् १९६४ मा भारतको पुना फिल्म इन्स्टिच्युट बाट छायाँङ्कन बिधामा अध्ययन गर्नुभएका मास्केले नेपाली चलचित्रका थुप्रै चलचित्रको छायाँङ्कन गर्नुभएको छ।

नेपाल टेलिभिजनको स्थापना तथा विकासमा विशेष योगदान पुर्‍याउनु भएका छायाँकार मास्केले रोयटर्सको नेपाल ब्यूरो प्रमुखका रूपमा पनि काम गर्नुभएको थियो।

उहाँ रोटरी क्लबका अध्यक्ष एवं ग्राफटाई नेपालका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

उहाकी धर्मपत्नी र एक छोरी हुनुहुन्छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.