मदन भण्डारी मार्ग अध्ययन थालियो

काठमाडौं– निजगढ–काठमाडौँ द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ ।

बागमती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको मार्गलाई द्रुतमार्गसँग जोड्नका लागि सम्भावित बिन्दुको खोजी सुरु गरेको छ ।

सङ्घीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौँ–निजगढ द्रतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को कोगटेदोभानमा जोड्न सके हेटौँडा–काठमाडौँको सडक दूरी ५४ किलोमिटरमा छोटिने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेको थियो । प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.