पछिल्लो २४ घण्टामा देशभर २९४२ जना संक्रमित, उपत्यकामा १६९८

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २९४२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १४८७५ जनाको पीसीआर परीक्षण गर्दा २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यसैबीच, उपत्यकामा मात्रै १६९८ जना संक्रमित भएका छन् । काठमाडौंमा १४५१, भक्तपुरमा ९९ ललितपुरमा १३० जना संक्रमित भए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.९ प्रतिशत निको भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.