कोभिडमा पनि विकासको काम रोकिएनः प्रधानमन्त्री

दमक– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको फैलिँदो क्रमलाई रोकेर न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको बताउनुभएको छ ।

आफ्नो गृहनगर झापाको दमकमा अनलाइनबाट अस्पताल शिलान्यास गरेपछि अनलाइनबाटै सम्बोधन गर्दै प्रधानमन्त्रीले कोरोनाको संक्रमण नियन्त्रण गर्दै कोरोनाबाट उत्पन्न समस्या सम्बोधन गर्न सरकारले योजना बनाएर काम गरिरहेको बताउनुभयो । संक्रमणको समयमा उचित सावधानी अपनाएर विकासका गतिविधिहरु पर्याप्त मात्रामा भइरहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माण गर्ने अभियानमा सवैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

अस्पताल निर्माणले जिल्लाका अन्य पालिका सहित पहाडी जिल्लाका जनतालाई समेत सेवा पुग्ने भन्दै उहाँले दमक अस्पतालले दिने सेवा आसपासका जनताका लागि पनि धेरै महत्वपूर्ण हुने बताउनुभयो । अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले कोभिड १९ का बाबजुद पनि भौतिक विकासका प्रयास भइरहेका बेला राम्रो कामबाट विपक्षीहरु आत्तिएर नकारात्मक टिका टिप्पणी गर्ने गरेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.