प्रहरी सहायक निरिक्षक मृत अवस्थामा, प्रहरी जवान बेपत्ता

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका जुगेडास्थित अस्थायी प्रहरी चौकीबाट खटिएको गस्ती टोलीका इञ्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक, मोहना नदीमा मृत फेला परेका छन ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउद बेपत्ता छन ।

अस्ति रातिदेखि बेपत्ता भएका सहायक निरिक्षक बिकको शव हिजो बिहान सीमा नाकामा मोहना नदीमा फेला परको हो ।

उनको घाँटीमा धारीलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ ।

मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

हत्या आशंकामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.