सहुलियत मुल्यमा खसी–बोका बिक्री सुरु

काठमाडौं- दशैंका लागि सहुलियत मुल्यमा खसी–बोकाको बिक्री सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मुल्यमा खसी–बोका बिक्री सुरु गरेको हो ।

थापाथलीस्थित बिक्री केन्द्रबाट खसी–बोका बिक्री सुरु गरिएको हो ।

कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ ।

तोकिएको मूल्यमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री शुरु गरिएको कम्पनीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.