संक्रमितको उपचारबाट सरकारले हात झिकेको छैनः मन्त्री गुरुङ (भिडियोसहित)

काठमाडौं– सरकारले सबै नागरिकलाई कोरोना संक्रमणको परीक्षण र उपचारको प्रवन्ध मिलाएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सोमबार पत्रकार सम्मेलन गरी सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना संक्रमितको उपचार सर्वसुलभ बनाउन स्वास्थ्य पूर्वाधार बढाउँदै लगेको बताउनु भएको छ । संक्रमणको निशुल्क परीक्षण तथा उपचारको आवश्यकतामा रहेका नागरिकको उपचार गर्ने सरकारी प्रतिवद्धता दोहोर्याउँदै प्रवक्ता गुरुङले स्वास्थ्य उपचारको प्रवन्ध थप प्रभावकारी बनाइने बताउनु भयो । कोरोना भाइरस संक्रमितको उपचारबाट सरकारले हात झिकेको होकि भन्ने भ्रममा कोहीपनि नरहन मन्त्री गुरुङले आग्रह गर्नुभयो ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालनामा विशेष जोड दिएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले दशै खर्च वापत प्राप्त गर्ने रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । यसैगरी सरकारले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओलीको अध्यक्षतामा ३ सदस्यीय श्रम अदालत गठन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी विदेशस्थित नेपाली नियोगको सार्वजनिक खरिद कार्यविधि, २०७३ संशोधन गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन पहिलो संशोधन निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.