खसीबोका खरिद गर्न जाँदा कसरी सावधानी अपनाउने ?

काठमाडौं- कोरोना भाइरसको जोखिमकै बीच दशैंका लागि खसीबोका खरिद बिक्री सुरु भएको छ । खसीबोका खरिद गर्न जाँदा कोरोना भाइरसको संक्रमण नहोस् भनेर सावधानी अपनाउनुपर्छ । बिक्री केन्द्रमा भीडभाड हुँदा कोरोनाको जोखिम उच्च हुने भएकाले सावधानी कसरी अपनाउने त ?

भीडभाड हुने ठाउँमा कोरोना भाइरसको जोखिम उच्च हुने गर्दछ । दशैंका लागि खसीबोका खरिद गर्ने ठाउँमा देखिएको भीडभाडले कोरोनाको जोखिम उच्च बनाएको देखिन्छ । सरकारले कुनै पनि ठाउँमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पटक–पटक आह्वान गर्दै आएको छ । तर खसीबोका बिक्री गर्ने ठाउँको दृश्य हेर्दा संक्रमणको कुनै डर नै छैन कि जस्तो देखिएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेको पाइँदैन । यसले कोरोनाको जोखिम बढाउने भएकाले सुरक्षित भएर खरिद नगरिए खसीबोकासँगै कोरोना घरघरमा पुग्नेतर्फ सचेत हुनुपर्दछ ।

खसीबोका खरिद गर्न जाँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्छ । योसँगै बिक्री केन्द्रमा पुगेर भीडभाड गर्नु हुँदैन । स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले मानिसले अहिले भीडभाड गरेर जोखिम मोल्दै खसीबोका खरिद गर्दा कोरोना संक्रमण हुने सम्भावना रहन्छ । यो अवस्थामा निजी क्षेत्रले पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न लगाएर मात्र खसीबोका खरिद बिक्रीको व्यवस्था गर्नुपर्छ ।

कोरोना भाइरसको जोखिम उच्च रहेकाले दशैंका लागि खसी बोका खरिद गर्दा आम उपभोक्ता आफैं सचेत हुनुपर्छ । उपभोक्ता सचेत भएर स्वास्थ्य सावधानीको पूर्ण पालना गर्दै खसीबोका खरिद गर्दा कोरोना संक्रमणको जोखिमसमेत कम हुने छ ।

पछिल्लो समयमा त खसीबोका खरिदका लागि बजारमा समेत पुग्नुपर्दैन । अनलाइनबाटै खरिद गर्न सकिने छ । निजी क्षेत्रका केही व्यवसायीले अनलाइनबाट खसी खरिद बिक्री गर्ने व्यवस्था मिलाएका छन् । सरकारले यो वर्ष अनलाइनबाट खसीबोका खरिदका लागि रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

कोरोनाको जोखिम उच्च हुँदै गएको अवस्थामा खसीबोका खरिद गर्न जाँदा उपभोक्ताले स्वास्थ्यमापदण्डको पूर्ण पालना त गर्नैपर्छ । बिक्री केन्द्रहरुलाई पनि व्यवस्थित बनाउन सकिए संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.