नेकपा कर्णाली विवादः नेताहरु काठमाडौंबाट फिर्ता

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुनेपछि मुख्यमन्त्रीसहितका नेताहरु सुर्खेत फर्किनुभएको छ ।

प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत साता अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद समाधानका लागि नेताहरुलाई काठमाडौं बोलाइएको थियो । मुख्यमन्त्री शाहीसहित काठमाडौं आउनुभएका सबै मन्त्री र प्रदेशका शीर्ष नेताहरु सुर्खेत फर्कनुभएको नेता गुलावजंग शाहले जानकारी दिनुभयो ।

विवादलाई केन्द्रीय नेतृत्वले चासो दिएपछि असन्तुष्ट प्रदेशसभा सदस्यहरु काठमाडौँ आएर राजनीतिक भेटघाटमा जुट्नुभएको थियो । उहाँहरुले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलग-अलग छलफल गर्नुभएको थियो ।

यसैबीच शाहीले शुक्रबार संसदीय दलको बैठक आह्वान गर्नुभएको छ । तर, यामलाल कँडेल समूहले उक्त बैठक बहिष्कार गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.