कोभिड देखाएर ढिलासुस्ती नगर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्ययोजना अनुसार काम गरी विनियोजन भएको बजेट लक्षित काममा खर्च गर्न निर्देशन दिनुभएको छ ।

बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरुसँग भएको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले कोभिड– १९ को कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न समेत निर्देशन दिनुभयो । कार्ययोजना अनुसार काम गर्ने र बजेट खर्च गर्ने प्रणालीको विकास गर्न सक्दा आगामी दिनहरुमा सरकारका काम अझै प्रभावकारी हुने उहाँको भनाइ छ । गत आबमा लुम्बिनी प्रदेशले ८० प्रतिशत पूँजीगत खर्च गरेको बताउँदै उहाँले अहिले त्यो भन्दा धेरै राम्रो गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उद्योग, वन तथा वातावरण मन्त्रालयलाई बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क विरुवा वितरण गर्ने गरी अघि बढ्न समेत निर्देशन दिनुभयो । कोरोना संक्रमणले कतिपय मन्त्री र सचिव आइसोलेसनमा रहेकोले मन्त्री र सचिवहरुसँग भर्चुअल बैठक भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.