नेपालमा संक्रमणमुक्त एक लाख नाघे, २४ घण्टामा थप ३६३७ संक्रमित, उपत्यकामा १५५२ जनामा संक्रमण पुष्टि

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८१२ पुग्यो

काठमाडौं– नेपालमा कोरोना भाइरसबाट एकलाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३२१५ जना डिस्चार्ज भएसँगै १ लाख २ हजार ८ सय २० संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ३६३७ जना संक्रमित भएको प्रा.डा. गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५२५५ जनाको पीसीआर परीक्षण गर्दा ३६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा मात्रै १५५२ जना संक्रमित भएका छन् । काठमाडौंमा १२८३, भक्तपुरमा ११२ ललितपुरमा १५७ जना संक्रमित भए ।

नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५७ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.