अर्को बर्षको गृष्मकालसम्म भारइरससँग लड्नुपर्छ- राष्ट्रपति म्याँक्रो

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले अर्को वर्षको ग्रिष्मकाल सम्म कोरोना भाइरस विरुद्ध लडिरहनुपर्ने बताउनुभएको छ ।

फ्रान्समा फेरि संक्रमणको दर दिनहुँ बढ्न थालेपछि राष्ट्रपति म्याक्रोनले यस्तो बताउनुभएको हो ।

गत २४ घन्टामा मात्रै ४० हजार बढिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने २ सय ९८ जनाको मृत्यु भएको छ । संक्रमण नियन्त्रणका लागि फ्रान्समा विभिन्न शहरमा कर्फ्यु समेत जारी गरिएको छ ।

फ्रान्सका साथै अन्य युरोपेली देशहरु रसिया, पोल्यान्ड, इटली ,स्विटजरल्यान्ड लगायतका देशमा संक्रमण फेरि फैलिरहेको छ । विगत १० दिनमा यि देशहरुमा संक्रमण दोब्बरले बढेको छ ।

युरोपेली मुलुकहरुमा अबको केही महिना संक्रमणका कारण असहज परिस्थिति सृजना हुन सक्ने भन्दै सतर्कताका उपाय अपनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

यी देशहरुमा  केही समय संक्रमणको दर कम भएपनि अहिले फेरि दो्स्रो चरणमा संक्रमण फैलिरहेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.