४ करोड २४ लाख नाघ्यो संक्रमितको संख्या

बिश्वभरि पछिल्लो २४ घन्टामा ४ लाख ८७ हजार भन्दा बढिमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

६ हजार ५ सय २२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो केही दिन यता सबैभन्दा बढि संक्रमण अमेरिकामा पुष्टि भएको छ ।

गत २४ घन्टामा पनि अमेरिकामा नै अत्यधिक अर्थात ७९ हजार भन्दा बढिमा संक्रमण देखिएको छ भने ८ सय ९९ जनाको मृत्यु भएको छ ।

भारतमा एकैदिन ५४ हजार बढिमा संक्रमण पुष्टि भएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ६ सय ५६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ लाख १७ हजार बढि पुगेको छ ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा  २३ हजार बढिमा संक्रमण देखिएको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४ करोड २४ लाख नाघेको छ भने संक्रमणका कारण  ११ लाख ४८ हजार  ६ सय ९४ जनाको मृत्यु भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.