घरभित्रै दसैं, कोरोनाबाट जोगिने उपाय

काठमाडौं– कोरोना महामारीबाट जोगिन सचेत मानिसहरुले आआफ्नै तरिका अपनाउँदै आएका छन् । गाउँको खुल्ला ठाउँमा बस्दा भिडभाडबाट जोगिनेहरु गाउँमै छन् भने दसैंमा गाउँ जाँदा संकरमणको जोखिम झन् बढ्छ भन्ने ठानेकाहरु काठमाडौंमै बसेका छन् जसले परिवारभित्रै दसैं मनाउँदैछन् ।

धार्मिक¸सामाजिक र सांस्कृतिक चाड बडादसैं यसपटक महामारीका कारण पारिवारिक चाड जस्तो हुन पुगेको छ । दसैं मनाउन विगतमा मूलघर जाने गरेका भएपनि यसपल्ट काठमाडौं नछोडेका मानिसहरुले यसपल्टको दसैंलाई पारिवारिक दसैं बनाएको बताएका हुन् । ज्यानभन्दा ठूलो केही नभएको र गाउँ जाँदा गाउँमा झन् जोखिम हुन सक्ने भएकोले गाउँ फर्किन मनले नमानेको उनीहरुको भनाइ छ । कोरोना संक्रमण समुदायमा नै फैलिसकेको अवस्थामा गाँउमा गई आफना आमा बुवा र आफन्तहरुसँग रमाइलो गरी मनाउने दसैं यस वर्ष संक्रमित भइएला कि भन्ने डरले आफूहरु गाउँ नगई यही बसेर दसैं मनाउन लागेको सर्वसाधारण बताउँछन् । परिवारभित्रै रमाइलो गरी मनाउन लागिएको पनि सहर नछोडेकाहरुले बताएका छन् ।

पसलमा पनि मास्क नलगाइकन बस्ने ब्यापारीहरु ग्राहकहरुबीचमा कोरोना फैलाउने कारक बन्न सक्ने भनी चिकित्सकहरुले चेतावनी दिएकोले काठमाडौंमै पनि बढी भिडभाड गर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

दसैंलाई दशा नबनाउ तरिकाले सुरक्षित भई आफन्तहरु बीचमात्र बसेर दसैं मनाउन सके कोरोना संक्रमणबाट आफ र अरुलाई बचाउन सक्ने भएकोले यसपालीको दसैं सुरक्षितका साथ दसैं मनाउन सकिएमा महामारी थामिएपछि फेरि मनाउने दिन अवश्य आउनेछ भन्नेमा धेरै सर्वसाधारणहरु आफैं पनि सचेत पाइएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.