भारतले एकपक्षीयरुपमा खोल्यो जोगबनी नाका

विराटनगर– नेपालीपक्षसँग समन्वय नै नगरी भारतले एकपक्षस्य रुपमा विराटनगरको सिमावर्ती जोगबनी नाका खोलेपछि सिमामा सुरक्षा सतर्कता बढाइएको छ ।

नाका खोलिएपछि भारतबाट अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने सम्भावना बढेकोले सुरक्षा सतर्कता बढाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिनुभयो । उहाँले भारतबाट प्रवेश गर्ने नेपालीहरुलाई पुरानै प्रक्रिया अनुसार होल्डिङ सेन्टरमा राखेर मात्र होम क्वारेण्टाइनमा बस्ने गरी भित्रिन दिने गरिएको बताउनुभयो ।

नेपाल सरकारले कार्तिक ३० गते सम्म अन्तराष्ट्रिय सिमा बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.