चाडबाडमा घट्यो व्यापार

काठमाडौं– दसैं तिहार तथा छठ लगायतका चाडपर्वमा विगतमा सामान्य भन्दा दोब्बर जस्तै हुने व्यापार अहिलेको वर्ष भने घटेको छ ।

कोरोना महामारीको कारण धेरै मानिसको आम्दानी घटेकाले क्रयशक्ति घट्नु र स्वतन्त्र रूपमा बजार गएर सामान किन्ने वातावरण नभएकाले व्यापारमा कमी आएको हो । सधैँजसो दसैंमा भीडभाड हुने व्यापारिक गृहहरु सुनसान जस्तै बनेको र सडक पेटीदेखि ठूला पसलहरुमा पनि विगतको तुलनामा मुस्किलले ५० प्रतिशत मात्रै व्यापार भएको डडेल्धुराका व्यापारीहरुले बताएका छन ।

भारत र चीनबाट सामान ल्याउँदा आयातमा केही समस्या भएकाले पनि दसैंलाई लक्षित सामानहरु पर्याप्त मात्रामा ल्याउन नसिकएको व्यपारीहरुको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.