राष्ट्रपतिबाट टीका ग्रहण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नु भएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशा कुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिनु भएको थियो ।

अघिल्ला वर्षहरुमा जस्तो सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम यस वर्ष भने कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.