थपिए १७४१ नयाँ संक्रमित, उपत्यकामा मात्रै ८९४ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १७४१ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ५००६ जनाको पीसीआर परीक्षण गर्दा १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै ८९४ जना संक्रमित भएका छन् । काठमाडौंमा ६७३, भक्तपुरमा ७६ र ललितपुरमा १४६ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४००५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ७२.४ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११५६७५ रहेको छ ।

कोरोनाबाट थप १५ जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.५ प्रतिशतको ज्यान गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.