बेङ्ग्लोरलाई ५ विकेटले हराउँदै मुम्बई इन्डियन्स शिर्ष स्थानमै

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आज  चेन्नइ सुपरकिङस र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ ।

नेपाली समय अनुसार बेलुकी ७:४५ मा दुवाई अन्तराष्ट्रिय रंगशालामा खेल हुनेछ ।

यस अघि हिजो राति भएको खेलमा बेङ्ग्लोरलाई पराजित गर्दै मुम्बइ इन्डियन्स् विजयी भएको थियो ।

बेङ्ग्लोरलाई ५ विकेटले हराउँदै जित निकालेको मुम्बई आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफ नजिक पुगेकाे छ।

जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । आठौं जित निकालेको मुम्बई शिर्ष स्थानमा यथावत रहेको छ ।

बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.