कोरोनाका कारण पत्रकार चौलागाईंको मृत्यु

काभ्रे– नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं जिल्लाबाट २१ वर्ष देखि प्रकाशन हुँदै आएको काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक ५१ वर्षीय विष्णुप्रसाद चौलागाईंको कोरोना संक्रमणका कारण ओम अस्पतालमा शुक्रबार बिहान ४ बजे निधन भएको छ ।

उहाँ असोज २६ गते देखि स्वास प्रस्वासमा समस्या आएका कारण अस्वस्थ हुनुहुन्थ्यो । सोही दिन उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणसँगै उहाँलाई निमोनिया समेत भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

शुक्रबार बिहान निधन भएका चौलागाईंको पछिल्लो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि उहाँमा फोक्सोको समस्या देखिएको थियो । कोरोनाकै कारण फोक्सोमा समस्या भएपछि लगातार उहाँ ओम अस्पतालमै उपचारार्थ हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको निधन भएको अस्पताल श्रोतले जानकारी दिएको छ । उहाँको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो । पत्रकार चौलागाईंको अन्त्येष्टिमा जिल्लाका विभिन्न पार्टीका नेताहरु, पत्रकारहरु, विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । उहाँ नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य हुनुहुन्थ्यो । चौलागाईंको श्रीमती सहित एक छोरा र एक छोरी हुनुहुन्छ ।

पत्रकार चौलागाईंको कोरोना संक्रमणका कारण निधन भएको खबरले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले जानकारी दिनुभयो । पत्रकार महासंघ काभ्रे शाखाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बक्तब्य प्रकाशन गरेको छ । महासंघ काभ्रे शाखाले कार्यालयमा शोक पुस्तिका राखि उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न र १३ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.