तिनाउ गाउँपालिकाले पशुपन्छीको बीमामा सहयोग गर्ने

पाल्पा– पाल्पाको तिनाउ गाउँपालिकाले पशुपन्छीको बीमामा सहयोग गर्ने भएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुरुप पशु तथापंछी पालन गर्ने किसानको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने भएको हो । गाउँपालिकाले सिद्धार्थ इन्सोरेन्स कम्पनीसँग बीमा कार्यक्रम सम्झौता गरेर साना तथा ठूला पशुपन्छी पालन गर्ने किसानलाई राहतको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनुभयो ।

अब किसानले बिमाका लागी कूल रकमको १२. ५ प्रतिशत मात्र रकम तिरेर बीमा गर्नसक्ने गाउँपालिकाको पशु विकास कार्यक्रमकी चिकित्सक डा. मोनालिसा खनालले बताउनुभयो । पछिल्लो समय कोरोना महामारीका कारण बेरोजगार भएका किसानले बिमामा सहुलियत पाएसँगै गाउका युवा व्यावसायी उत्साहित भएका छन् । हाल तिनाउ गाउँपालिका भित्र वाख्रा, गाई, भैसी, वंगुर लगायतका पशु तथा कुखुरा, हाँस, टर्की लगायतका पंछी पालन गर्ने किसानको संख्यामा वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.