ट्राउटबाट मानेदोभानका किसानको समृद्धि

काभ्रे– पनौती नगरपालिका–१ रयाले मानेदोभानमा ट्राउट माछा पालन ब्यवसायबाट मनग्य आम्दानी हुने गरेको छ ।

१२ बर्ष अगाडिदेखि गाउँको मानेदोभान बचत तथा ऋण सहकारी संस्था लि. ले थालनी गरेको रेन्बो ट्राउट माछा पालन व्यवसाय सञ्चालनमा आएको हो । अहिले त्यहीँका स्थानीय सूर्यबहादुर तामाङले उक्त व्यवसाय सहकारीसँग भाडामा लिएर माछा पालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थालेका छन् ।

तामाङले बार्षिक दुई लाख ८० हजार तिर्ने गरी सहकारी सँग तीन बर्षको लागि सम्झौता गरेर जिम्मा लगाएपछि अहिले तामाङले माछापालन ब्यवसायसंगै होटल समेत खोलेर व्यवसाय सञ्चालन गर्नुभएको हो । त्यहाँ पाल्ने गरेको उक्त जातको माछा हप्तामा ७० देखि ८० किलो विक्री हुने गरेको र मासिक साढे तीन सय देखि चार सय किलोसम्म बेच्ने गरेको छ । त्यहाँ उत्पादन हुने माछा प्रतिकेजी १ हजार ३ सयका दरले बिक्री हुने गरेको छ ।

माछा पालक किसानका अनुसार बार्षिक साढे दुई टन उत्पादन हुने गरेको छ । ‘माग पाँच टन जतिको आउँछ, यहाँ मात्रै पालेको माछाले लगभग ५ महिना जति मात्रै धान्ने गरेको छ,’ उनले भने । ६ वटा पोखरीमा माछा पालन गर्दै आएका त्यहाँ बार्षिक साढे दुई टन उत्पादन गर्ने गरेको छ ।

यसअघि यहाँ उत्पादन गरेको माछा अर्डर अनुसार काठमाडौंका विभिन्न स्थानका लगायतका होटलहरुमा लाने गरेकोमा अहिले त्यही लिन आउनेहरु भिड नै बढेको छ ।

माछा पालनका लागि आवश्यक पर्ने माछाका भुराहरु नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याएर मानेदोभानमा पाल्ने गरेको छ । सो जातको माछा चिसो ठाउँ, मुलको सफा पानीमा फस्टाउने गरेको माछा पालक किसान बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.