रोल्पाको ‘रक गार्डेन’ अर्थात् ढुङ्गे बगैंचा (फोटो फिचर)

रोल्पा– नयाँ पर्यटीय गन्तव्यको रुपमा विकास भइरहेको रोल्पाको रक गार्डेन कोरोना महामारीका कारण सुनसान बनेको छ ।

पर्यटनको नयाँ अवधारणाका साथ गत वर्षदेखि रोल्पा नगरपालिकाले सञ्चालनमा ल्याएको सात्दोबाटोस्थित रक गार्डेन आन्तरिक पर्यटकका लागि राम्रो गन्तव्य बनेको थियो । तर कोरोना महामारीका कारण गत चैतदेखि ६ महिनासम्म बन्द हुदा रक गार्डेन सुनसान बन्न पुगेको हो । गत असोजदेखि पुनः खुला गरिएको भएता पनि अहिले रक गार्डेन घुम्न आउनेको संख्या थोरै मात्र रहेको छ ।

सुरुमा दैनिक १ सयदेखि २ सयसम्मले घुम्ने गरेको रक गार्डेनमा अहिले मुस्किलले २० देखि ३० जना आउने गरेका छन् । रक गार्डेनको नजिकै नगरपालिकाले भ्यू टावर निर्माण गरिरहेकाले उक्त भ्यू टावर निर्माण पश्चात आन्तरिक पर्यटकको संख्या बढ्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.