तीन महिनामा शिकारीले मारे चारवटा गैँडा

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा साउन यता शिकारीले मारेका चारवटा मृत गैँडा पत्ता लागेको छ ।

तीनवटा गैंडा साउनदेखि हालसम्मको समयमा र एउटा गैंडा गत आर्थिक वर्षमा मारेको भेटिएको निकुन्जले जनाएको छ । साउन यता मृत भेटिएका १२ मध्ये चारवटा गैंडा शिकारीले मारेको कुरा अध्ययनबाट खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

बाँदरझुला टापुमा दुई महिनाअघि एउटै समयमा तस्करको आक्रमणबाट तीनवटा गैँडा मरेको अनुमान गरिएको छ । केहीदिनअघि अर्को एउटा गैँडाको खाग विनाको अस्थिपञ्जर मात्रै फेला परेको छ । विसं २०७३ को चैतदेखि यता शिकारीबाट गैँडा सुरक्षित रहँदै आएका थिए । सन् २०१५ को गणनानुसार नेपालमा ६ सय ४५ गैँडा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.