चितवनमा मोटरसाइकल चोरी गर्ने समुह नै पक्राउ

चितवन- चितवन प्रहरीले मोटरसाइकल चोरी गर्ने ७ जनालाई मोटरसाइकलसहित सार्वजनिक गरेको छ ।

मोटर साईकल चोरीको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

भरतपुर महानगरपालिकास्थित भाटभटेनी सुपर मार्केट अगाडि, कटहर चोक, नहर चोक, पावरहाउस चोक, विक्रम मार्ग लगायत जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा जिल्ला करैयामाई–५ घर भई हाल चितवनको खैरहनी– ९ बस्ने वर्ष २८ का विजय चौधरी, भरतपुर ३ बस्ने वर्ष १९ का राकेश चौधरी, बारा कोल्हवी– ७ बस्ने वर्ष २४ का महेश चौधरी, भरतपुर ११ बस्ने वर्ष २६ का दिनेश गुरुङ र वर्ष २५ का मनोज दराई रहेका छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरुले बाइकको नम्बर फेरेर बिक्रि गरेका थिए ।

उनीहरुबाट प्रहरीले बजाज पल्सर २०० एनएस मोटरसाईकल, सेतो केटिएम (ड्युक) २०० सि.सि मोटरसाईकल, २२० सीसीको मोटरसाइकल बरामद गरेको छ ।

उनीहरुले मोटरसाइकलको पार्टपुर्जा खोलेरे बेचेको समेत भेटिएको छ । मोटरसाइकलको लक तोड्ने साँचो, साँचो बनाउने मेशिनसमेत बरामद भएको छ ।

प्रहरीले चोरीका मोटरसाइकल खरिद गर्ने २ जनालाई समेत नियन्त्रणमा लिएको छ ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, बिक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत प्रहरीले बरामद गरिएको जनाएको छ ।

प्रहरीले ४ मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारेको छ ।

२०० सिसि केटिएम ड्युक मोटरसाईकल, १५० सिसिको पल्सर मोटरसाइकल, १५० सिसि मोटरसाइकल, २२० सिसि को पल्सर मोटरसाइकल छन् ।

चोरी भएका मोटरसाइकलमा गण्डकी प्रदेश, बागमती प्रदेशका छन् ।

जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्ने अभियानलाई तिव्र बनाइएको बताउनुभयो ।

उहाँले प्रविधिको उच्चतम प्रयोग गरी चोरी कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न लागिपरेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.