मनलाग्दी शुल्क लिएको भन्दै केयूका विद्यार्थी आन्दोलित
काभ्रे- अनलाइन कक्षा सञ्चालनको समयमाबधीमा पनि अतिरिक्त शुलक उठाउन थालेपछि काठमाडौं विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन ।
विश्वविद्यालयका स्कूल अफ इञ्जिनियरिङ, स्कूल अफ साइन्स्, स्कूल अफ ल र स्कूल अफ म्यानेजमेन्टका विद्यार्थीहरुले शुल्कको विरोध गर्दै आजबाट विश्वविद्यालय परिसरमा नै रिले अनसन थालेका हुन् ।
विश्वविद्यालयले कोडिभ प्रभावको बीचमा थालनी गरेको अनलाइनबाट पठनपठान गरेको समयमाबधीमा समेत साविक कक्षा सञ्चालन हुने बेलाको जस्तो गरी अतिरिक्त क्रियाकपाल शिर्षकमा समेत शुल्क तिर्न सूचना जारी गरेपछि आन्दोलनमा उत्रनुपरेको विद्यार्थीहरुको भनाइ छ ।
विद्यार्थीहरुले शिक्षण शुल्क मात्र लिनुपर्ने, २०७७ असोज २२ गते निकालिएको सूचना खारेज गरी अर्को सूचना नआएसम्मको लागि शुल्क भुक्तानी गर्नु पर्दैन भनेर अर्को सूचना जारी गर्नुपर्ने, कोभिड वित्तीय सहायता योजना साँचि कै गाह्रो परेका विद्यार्थीहरुको लागि निकाल्नुपर्ने र ढिलो शुल्क बुझाउँदा लाग्ने अतिरिक्त शुल्क कोभिड अबधिसम्म हटाउनु पर्ने लगायतका माग राखेका छन ।
विद्यार्थीहरुले विश्वविद्यालयले गरेको मनलाग्दी शुल्कको विरुद्धमा यसअघिदेखि विभिन्न खालका विरोध कार्यक्रम तथा सम्बन्धित संकायका डीनहरुसँग बार्तामा बसेपनि कुनै सुनुवाई नभएको र मुद्धाको कुनै सम्बोधन समेत नभएपछि आफुहरु अनसन बस्न बाध्य भएको बताउँछन ।
प्राध्यापकहरुसँग गरेको अनुरोधमा केही सहमति भएपनि त्यसको सुनुवाइ गर्नुका सट्टा पुनः शुल्क तिर्न टाँस गरेको सूचनाको समयसीमा नजिक आइरहँदा विद्यार्थीहरुमा मनोवैज्ञानिक असर परिरहेको समेत उनीहरुको भनाइ छ ।
यसै बिषयमा काठमाडौं बिश्वविद्यालयका स्कूल अफ इञ्जिनियरिङका डिन डा. डम्बर नेपालीसँग कुरा गर्दा बिद्यार्थीहरूको मागलाई बिश्वविद्यालयको बोर्डमा लगेको र बोर्डले नै निर्णय गर्ने बताउनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्