विस्थापित हुँदै राजमार्ग आसपासका साना व्यापारी

धादिङ- कोरोना महामारीका कारण राजमार्ग आसपासमा बसेर कृषि उपज विक्रि गरी दैनिकी चलाउने मानिसहरुको
ब्यापार अहिले संकटमा परेको छ ।

खासगरी, पृथ्वी राजमार्गको छेउछाउमा बसी मौसम अनुसारको फलफुल र तरकारी विक्रि गर्ने सडक ब्यापारीहरुको ब्यापार अहिले ठप्प जस्तै भएको हो ।

कोरोना महामारीका कारण लामो समयपछि सार्वजनिक यातयातका साधनहरु सुचारु भएपनि राजमार्ग छेउ
छाउमा केरा बेच्ने,पोलेको मकै विक्रि गर्नेहरु र तरकारीको ब्यापार गर्नेहरुको पेशा भने आजकाल संकटमा परेको छ ।

पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने मानिसहरुले स्वास्थ्य सुरक्षाका कारण जहाँ पायो त्यहीँ सवारी रोक्न छाडेपछि सडक
व्यापारीहरुलाई थप समस्या परेको हो ।

केरा विक्रि गरी आफ्नो दैनिकी चलाउदै आएका साना सडक व्यापारीहरु पहिले पहिलेको तुलनामा कोरोनाका कारण ८० प्रतिशत
ब्यपार घटेको बताउँछन।

दैनिक ७-८ हजारसम्म केरा विक्रिबाट मात्र आम्दानी गर्ने राजमार्ग छोउछाउका ब्यपारीहरु अहिले २-३ हजारमा नै चित्त
बुझाउँछन ।

हुन त धादिङ राजमार्ग आसपासमा विक्रि गर्ने सामानहरुको मुल्य अत्यन्त महँगो भएको गुनासो ग्राहक र यात्रुहरुले नगरेका होइनन ।

तर पनि कतिपय यात्रुलाई त सवारी साधन पसलमा नै लगेर रोकेपछि नकिनी सुखै छैन । र अरु विकल्प नहुँदा महँगो मुल्य तिर्न यात्रुहरु बाध्य हुने गरेका थिए ।

तर अहिले आएर व्यापार घटेपछि लगानी गरेको मुल्य पनि उठाउन नसक्ने ब्यापारीहरुको गुनासो छ ।

ब्यापार कम हुन थालेपछि कतिपय साना ब्यपारीहरुले त पेशा नै छाडेका छन।

होटल संञ्चालकदेखि यस्ता साना सडक ब्यापारीहरु लामो समयसम्म ग्राहकको पर्खाइमा हुन्छन ।
जसका कारण सडक छेउ छाउमा राखेर ब्यपार गर्ने कृषि उपजहरुको मुल्यमा समेत गिरावट आउन थालेको छ ।

धादिङको राजमार्ग आसपासमा विक्रि गर्ने धेरैजसो कृषिजन्य उपजहरु स्थानीय किसानहरुले नै उत्पादन गरेका हुन्छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.