पर्यटकको मन जित्दै चाङ्गलुङ्ग गुफा

धनकुटा-तेह्रथुमको छथर गाउपालिका-६ सुदापमा रहेको चाङ्गलुङ्ग गुफा अहिले पर्यटकहरुको प्रमुख रोजाइमा पर्न थालेको छ ।

गाउँपालिकाको सहयोगमा स्थानीयले केहि संरचना निमार्ण गरी गुफालाई व्यवस्थित बनाएपछि यो गुफा पर्यटकहरुको रोजाइमा पर्न थालेको हो ।

प्रदेश १ कै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने भन्दै स्थानीयले गुफाको संरक्षण र प्रचार-प्रसारमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । यो चाङ्गलुङ्ग गुफाअहिले गाउँपालिकाको मात्र हैन जिल्लाकै प्रमुखप र्यटकीय गन्तव्यको रुपमा परिचित छ ।

गुफाको दर्शन गरी भाकल गरे मनोकांक्षा पुरा हुने धार्मिक बिश्वासले पनि यो गुफाआन्तरिक पर्यटकहरुको रोजाइमा परेको छ वडा नम्बर ६ का वडाध्यक्ष टेकराज आंखेवाको भनाइ छ ।

गाउँपालिकाले गुफालाई व्यबस्थित बनाउँदै त्यस क्षेत्रमा विभिन्न पर्यटकीय भौतिक पूर्वाधार निर्माण गरेको छ ।

वडा न. ६ सुदापमा रहेको यो गुफा ढुङ्गै ढङ्गाको चाङ्गजस्तै देखिने हुँदा यस ठाउको नाम चाङ्गलुङ्ग गुफा रहेको किम्बदन्ती छ ।

यहाँ स्थानीयहरु विभिन्न समयमा पुजाआजा समेत गर्छन । यस गुफाको संरक्षण र प्रचार प्रसारका लागि डिपिआर तयार गरी प्रदेश र संघीय सरकारसँग योजना माग गर्ने गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले बताउनुभयो ।

पर्यकटकीय संभावना बोकेका यस्ता ऐतिहासिक गुफामा प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने स्थानीयको माग छ ।

यो गुफाको संरक्षण र प्रचार प्रसार गर्नसके प्रदेश नं १ कै एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उनीहरुको विश्वास छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.